२०८२ माघ ६ गते मङ्गलवार

अबदेखि तुलसीपुरमा आउने पैदल यात्रुले गाँस, बास र यातायातको सुविधा पाउने

शरद रेग्मी,
तुलसीपुर,बैशाख ६ । अबदेखि तुलसीपुरमा आउने पैदल यात्रुले गाँस, बास र यातायातको सुविधा पाउने भएका छन् । तुलसीपुर क्षेत्रका दश वटा सामाजिक संघसंस्थाको संयक्त बैठकले लकडाउनमा दुःख कष्ट भोगेका पैदल यात्रुको लागि गाँस, बास र यातायातको प्रवन्ध गर्ने निर्णय गरेका छन् ।

तुलसीपुर उधोग बाणिज्य सघंमा शनिवार बसेको दशवटा सामाजिक संस्थाहरुको संयुक्त बैठकले पैदल यात्रुलाई खाना तथा आवाशको व्यवस्था गर्ने निर्णय गरेको तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले जानकारी दिए । उनीहरुलाई गनतव्य सम्म पुर्याउन स्थानीय पालिकाहरुको समन्वयमा यातायातको समेत प्रवन्ध गरिने भएको छ ।

‘अबदेखि तुलसीपुर आइपुगेका यात्रुहरुलाई संघ संस्थाहरुको सामुहिक प्रयासमा अरणिको मैदान र गणेश पार्टी प्यालेसमा भोजन तथा बासस्थानको ब्यबस्थापन गरिने निर्णय भएको छ,’सचिब केसीले भने ‘अप्ठेरोमा परेकाहरुलाई सेवा गर्नु पर्छ भन्ने मान्नेताका साथ तुलसीपुर क्षेत्रका सामाजिक संघ संस्थाहरुले त्यस्तो निर्णय गरेका हुन ।’

लकडाउन अबधिभर एक छाक खाना, पानी, बिस्कुटको ब्यबस्थापन गर्न सबैले हातेमालो गर्ने भएका निर्णय भएको बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतको जानकारी दिए । यसैबीच तुलसीपुरका मेयर घनश्याम पाण्डे,वडा नम्बर ५ का अध्यक्ष बीरेन्द्रकुमार शाह, प्रहरी प्रशासन संगपनि उक्त विषयमा छलफल भएको छ ।

त्यस छलफलपछि ‘मानबिय सेवा आजको आबश्यकता’ भन्ने मुल मान्यता अनुसार सेवा सुरुवात गरिएको छ । तुलसिपुर उधोग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले मानविय सेवा पहिलो धर्म भएको हुँदा यो विषम परिस्थितिमा सबैले सहयोग गर्नुपर्ने बताए ।

लकडाउनको अवधिभर अलपत्र यात्रुलाई आवश्यक पर्ने चामल र खाने तेलको ब्यबस्थापन रिजाल मिलले उपलब्ध गराउने जानकारी दिए ।

बैठकमा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले यात्रुलाई गनतव्य सम्म पुर्याउन आवश्यकता अनुसार बसहरु उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरे । उनले शुक्रबार बेलुकादेखि नै सबै यातायात ब्यबसायीहरुको समन्वयमा बाटोमा रोकिएका पैदल यात्रुहरुलाई गन्तब्य सम्म पुर्याउने काम सुरु भइसकेको जानकारी दिए ।

उनले शनिवारदेखि सल्यायानको श्रीनगर र पश्चिम दाङको हंसपुरसम्म यात्रुहरुलाई छोड्ने व्यवस्था मिलाइएको बताएका छन् ।

त्यसक्रममा लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञबहादुर केसी, रोटरी क्लब अफ तुलसिपुर सिटीका अध्यक्ष देबबहादुर केसी , तुलसीपुर नगर जेसिजका अध्यक्ष मोहन सुनार, पुर्ब अध्यक्ष दिपेश भण्डारी, ,रोट्रयाक्ट क्लब अफ तुलसिपुरका अध्यक्ष नविन राई, लियो क्लब अफ दाङ तुलसीपुरका कार्यबाहक अध्यक्ष सन्तोष केसी,चलचित्र पत्रकार सघं दाङकाअध्यक्ष शिव पुन लगायतको उपस्थिति थियो ।

यसैबीच तुलसीपुर आइपुग्ने सबै यात्रुको स्वास्थ्य परीक्षण गरिने भएको छ । राप्ती प्रादेशिक अस्पतालको सहयोगमा तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य प्रबद्र्धन महाशाखाले त्यो काम गर्ने भएको छ ।

स्वास्थ्य परिक्षण गर्दा कुनै समस्या देखिना साथ स्थानीय क्वारेन्टिनमा राखिने भएको छ ।
छलफलले यात्रुका लागि खाना ब्यबस्थापन,साबुन पानीले हात धुने स्थानको व्यवस्थापन गर्न , मास्क पञ्जा लगाएका अन्य स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्न प्रत्येक दिन नीन जना स्वयमसेबकहरु खटाउने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *