२०८१ मङ्सिर १७ गते सोमवार

तुलसीपुर आइपुगेका १ सय ९ जनालाई गन्तव्यसम्म पुर्याइयो


सुरेश श्रेष्ठ,
दाङ, बैशाख ५ । देशका विभिन्न ठाउँबाट दाङको तुलसीपुरमा आइपुगेका नागरिकहरू लाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गन्तव्यसम्म पुर्याइएको छ । उनीहरुलाई उपमहानगरपालिकाको पहलमा सल्यान ,रुकुम र बबई गाउँपालिकासम्म पठाइएको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष बिरेनद्र कुमार शाहीले जानकारी दिए ।

रोजगारीको सिलसिलामा पोखरा, गोरखा, सिन्धुपाल्चोक,धादिङ्ग काठमाडौ पुगेका उनिहरु तुलसीपुर आईपुगेका थिए ।तुलसीपुर स्थित विरेन्द्र चोकमा अलपत्र अवस्थामा परेका १ सय ९ जनालाई सम्वन्धित पालिकाको सहकार्यमा गन्तव्य सम्म पुर्याइएको हो ।

यात्रुहरुलाई पठाउनका लागि तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरक्षक बिमल के सि नेपाल रेडक्रस दाङका विश्राम अधिकारी न्युज २४ टिभी जर्नलिस्ट सुरेश श्रेष्ठ ले पहल गरेका थिए । भने त्रिसिद्धेश्वरी राप्ती प्रालिका अध्यक्ष सुरेश हमालले वस सहयोग गरेका थिए भने सम्वन्धित गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले पनि गाडिको व्यवस्था गरेको थियो ।

उनीहरु १० दिनसम्म हिडेर तुलसीपुर आएका थिए । बाटो खर्च नहुँदा उनीहर चाउँचाउँको भरमा यहाँसम्म आएको वताएका थिए । अलपत्रहरुलाई वडाध्यक्ष विरेन्द्र शाह लगाएत विभिन्न समाजसेवीहरुले खानाको व्यवस्था गरेका थिए ।

प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *