तुलसीपुर, वैशाख ४ । दाङको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटलले चार स्थानीय तहको खाद्य बैंकमा एकै दिन खाद्यान्न सहयोग गरेको छ । हस्पिटलले तुलसीपुर उपमहानगरपालिकालाई एकहजार केजी चामल, एकसय केजी दाल, ५० केजी नुन, ५०लिटर तेल प्रदान गरेको छ ।
त्यस्तै शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा प्रत्येकलाई पाँचसय केजी चामल, ५० केजी दाल, २५ लिटर तेल, २५ केजी नुन सहयोग प्रदान गरिएको छ ।
सरकारले कोरोना भाइरस(कोभिड–१९) संक्रमण फैलिन नदिन तथा रोकथामकालागि लकडाउन गरेको समयमा गरीब, अत्तिविपन्न नागरिकमा दैनिकी चलाउन समस्या हुने गरेको भन्दै सहयोग गरिएको हस्पिटलका निर्देशक जीवन भण्डारीले जानकारी दिएका छन् ।
राहात वितरण गर्न हस्पिटलका कार्यकारी अध्यक्ष हरि रिजाल, सदस्य दोर्ण वली र हस्पिटलका अन्य पदाधिकारीहरु पुगेका थिए ।
प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार