२०७८ जेष्ठ २ गते आइतवार

‘हामीघर फर्कन पाउनु पर्छ’ – भारतीय श्रमिक

फाइल तस्बिर

खेमराज रिजाल,
नारायणपुर, बैसाख ४ । दाङ जिल्लाको घोराहीउपमहानगरपालिका नारायणपुर बडहरा स्थित मनकामना इटा उद्योग र गोल्ड इटा उद्योगमा कार्यरत भारतीय श्रमिकहरुले आफुहरु घरफर्कन पाउनु पर्ने मागगर्दै नारावाजी गरेका छ्न ।

उद्योग परीसरमा उनीहरुले नाराबाजी गरी स्थानीयप्रशासनको ध्यानाकर्षण गराएका छन् । दुबै उद्योगमा गरी कम्तिमा५ सय भारतीय मजदुरहरु कार्यरत छन् । लकडाउन संगै विगत एक महिनादेखि काम विहिन बनेपछि उनीहरुले घर जान पाउने व्यवस्था मिलाउन नेपाल सरकारलाईआग्रहगर्दै आएका छन् ।

जिल्लाका प्राय सवै इटा उद्योगहरुमा एक सयदेखि २ सय ५० जना सम्म भारतीय मजदुरहरु कार्यरत छन् । जिल्लाभरी यो तथ्यांक कम्तिमा ७ हजार रहेको दाङ जिल्ला इटा उद्योगी व्यवसायी संघले जानकारी दिएको छ । दाङ जिल्लाका विभिन्न इटा उद्योगहरुमा रहेका श्रमिकहरुले आफुहरु घरफर्कन चाहेको भन्दैत्यो वातावरण मिलाउन स्थानीय प्रशासन मार्फत नेपाल सरकारलाईआग्रह गरेका छन् । घोराहीको नारायणपुर स्थित मनकामना इटा तथा गोल्ड इटा उद्योगमा कार्यरत करिव ५ सय भारतीय श्रमिकहरुले सन्चारकर्मी मार्फत बुधवार स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल सरकारले विगततीन सातादेखि लकडाउन आदेश जारीगरेपछि अन्य उद्योग संगै जिल्लाका सवै इटा उद्योगहरु पनि बन्द छन् । उद्योग बन्द भएसंगै पारीश्रमिक विहिन भएका भारतीय मजदुरहरुले आफुहरुले काम अथवा माम दिनुपर्ने अन्यथा घर फर्काउनु पर्ने माग गरेका हुन् ।

ती दुइ उद्योगमा रहेका कम्तिमा ५ सय भारतीय श्रमिकहरु संगै जिल्ला भरीका इटा उद्योगहरुमा झण्डै ७ हजार भारतीय मजदुरहरु कार्यरत छन् । त्यसरी काम गर्ने संगै वालवालिका पनि उद्योगमा छन् । अनुमानित तथ्यांकअनुसार कम्तिमा एक हजार वालवालिका समेत रहेको बताइएको छ । यसले वालवालिकामा पनि सामाजिक दुरी कायम हुन नसक्दा कोरोना संक्रमणको समेत सम्भावना देखिएको छ ।
‘काम देउ वा माम देउ, अन्यथा हामीलाई घरफर्कने वातावरण मिलाउ’—वडहराको मनकामना इटा उद्योगमा कार्यरत भारतीय श्रमिक विश्वनाथ चौहानले भने ।

उनले आफु जसरी पनि घरजान चाहेको भन्दै आवस्यक परे भारतीय क्वारेन्टाइनमा बस्नपनि तयार रहेको बताए । बाध्य भए आफुहरु प्रशासनमा धर्ना दिनजान पनि तयार रहेको उनले बताए । अर्की श्रमिक महिला सुनिचा चौहान भन्छिन्, ‘न दालचामल नत दवाको व्यवस्था, यस्तो अवस्थामाहामी जसरी पनि घरपुग्न चाहन्छौं । सरकारले हाम्रा समस्या सुन्नुपर्यो ।’उनका चार बच्चापनि संगै छन् । उनीहरु समेत भोकभोकै पर्ने पिरलो पनि ती श्रमिकहरु संगै छ । उनीहरुले एक महिनादेखि नियमित काम नहुंदा तीन साता यता पारीश्रमिक समेत पाएका छैनन् । सांझविहान भने हातमुख जोर्ने मेसो हाल सम्म चलेको छ । लकडाउन लम्विंदै गएआफुहरुको अवस्था के हुने भन्नेमा उनीहरु चिन्तित छन् ।

स्थानीयमा कोरोना संक्रमणको त्रास
उद्योग बन्द भएसंगै गाउँमा घुमफिरगर्ने मजदुरहरुको चहलपहले कोरोनाको संक्रमणको त्रास छाएको छ ।स्थानीयले यो विषम परिस्थितिमा उद्योगमा काम गर्ने मजदुरहरुको समुचित व्यवस्थापन गर्न समेत आग्रह गरेका छन् । ‘हामी उद्योग बन्दहोस भन्ने चाहेका होइनौं, तर लकडाउनको समयमाअव्यवस्थित भएर हिंडडुल र घुमफिर गर्ने भारतीय श्रमिकका कारण संक्रमण फैलन सक्नेमा त्रसित छौं’—स्थानीय जयबहादुर बुढाले भने । उनले भारतीय मजदुरहरुको घुमफिर देख्दा स्थानीय बासीमा समेत कोरोनाको त्रास सुरु भएको बताए ।

सोही बस्तिकै शिक्षक शरद गौतमले भारतीय मजदुरहरुको व्यवस्थापन गर्ने सवालमा स्थानीय प्रशासन गम्भीर बन्नुपर्ने बताए । अर्का स्थानियबासी वडहराकै देवराज लामीछानेको भनाइमा श्रमिकहरु व्यवस्थित भएर नबस्दा गाउबस्तिमा संशसय पैदा भएको बताए । ‘हामीलेनै जग्गा लिजमा दिएर उद्योग सञ्चालनको वातावरण बनायौं, तर अहिलेको विषम परीस्थितिमा सकेसम्म भारतीय श्रमिकहरुलाइ सहज रुपमा घरफर्कने वातावरण सरकारले गराउनुपर्दछ’— जयबहादुर बुढाले भने ।

दोहोरो मारमा इटा उद्योगी
यसैबीच यो बर्ष इटा उद्योगीहरु दोहोरो मारमा परेका छन् । हिउँदे झरीका कारण करोडौंको क्षतिव्यहोर्न बाध्य इटा उद्योगीकामगर्ने समयमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण लकडाउन हुंदाफेरी समस्यामा परेका छन् । असारसम्म काम गर्ने आशामा रहेका व्यवसायीहरुले लकडाउनका कारण उद्योग बन्द गर्नुपरेपछि काम विहिन श्रमिकहरुलाइ समेत पाल्नुपर्ने बाध्यता रहेको छ ।

लकडाउनका कारण घरजानचाहने श्रमिकहरु लाइ पनि उनीहरुले फर्काउन सकिरहेका छैनन् । दुई देशिय मामिला भएकाले यसको कुटनीतिक पहल गरीदिन पनि व्यवसायीहरुले आग्रह गरेका छन् । उनीहरुलाई घरसम्म पुग्ने वातावरण मिलाइदिन तीनै तहका सरकारको समन्वयको अपेक्षा गरेका छन् ।

‘काम रोकिएको करिव एक महिनाभयो, जेनतेन दालचामलको व्यवस्थापन गरेका छौं, तर कतिसम्म गर्ने भन्नेमा हामीहरु समेत समस्यामा छौं’—मनकामना इटा उद्योगका सन्चालकतथा दाङ देउखुरी इटा व्यवसायी संघका अध्यक्ष रोम वलीले भने । विश्वभरी कोरोनाको सक्रमण फैलिइरहेका वेला नेपालमा पनि समस्या कतिसम्म रहने हो ? भन्नेमा कसैले पनिभन्न सक्ने अवस्था छैन ।

यो समवेदनशिल अवस्थामा भारतीय मजदुरको व्यवस्थापनका विषयमा स्थानीय सरकारले पनि पहल गर्नुपर्ने उनको बताए । लकडाउनका कारण उद्योग बन्द भएसंगै ती श्रमिकहरुलाई संबन्धित उद्योगहरुले नै दालचामलको व्यवस्थापन गर्दै आएका छन् । यस्ता श्रमिकहरुलाइ स्थानीय सरकारले पनि राहतउ पलव्ध गराएको छैन ।

‘यी मजदुरहरुलाइ वोर्डर सम्म पु¥याउने आर्थिक व्यावस्थापन गर्न व्यवसायीहरु तयार छौं, तर उनीहरुलाई घरसम्म पुग्ने वातावरण मिलाउन सरकारले कुटनीतिक पहल गरोस भन्ने चाहन्छौं’—अर्का उद्योगी किरण पोख्रेलले भने ।लकडाउन भनेर मजदुरलाई भोकभोकै पार्न नहुने तर्कगर्दै हालसम्म संबन्धित उद्योगी व्यवसायीले दालचामलको व्यवस्थापन गरेको उनले बताए । तर लामो समय सम्म आफुहरुले यसरी राहत उपलव्ध गराइरहन नसक्ने पनि उनले प्रष्ट पारे ।

‘पहिले मौसमले धोका दियो, अहिले महामारीको प्रकोपले प्रभावपार्यो, हाम्रो समस्यामा सरकार पनि गम्भीर बन्नुपर्छ भन्ने हाम्रो विनम्र आग्रह हो’, पोख्रेलले भने । यो अवस्थामा अव आफुहरु समेत झोलाबोकेर आफै राहतमाग्न हिंड्ने अवस्था आउन सक्ने पनि उनको अभिव्यक्ति थियो ।

मौसम र प्रकोप सामान्य रहेको अवस्थामा असार पहिलो सातासम्म पनि इटा उद्योगमा दैनिक रुपमा काम गर्न सकिन्छ, तर संक्रमणको अवस्था दिनदिनै भयावह भएका कारण व्यवसायी एवं मज्दुरहरु बढि त्रसितभएकाहुन् ।

कुटनितिक पहल हुनुपर्छः प्रमुखजिल्लाअधिकारी
यसैबीच प्रमुख जिल्लाअधिकारी गोविन्दप्रसाद रिजालले इटा उद्योगमा कार्यरत भारतीय श्रमिकहरुलाइ घरफर्काउने सवालमा दुई देशबीच कुटनितिक पहलहुनुपर्ने बताएका छन् । त्यसवारे स्थानीय प्रशासनले रिपोटिङ गरीरहेको पनिउनले बताए । जिल्लाका हरेक इटा उद्योगबाट त्यहां कार्यरत भारतीय श्रमिकहरुको तथ्यांक संकलन गर्ने काम भैरहेको उनले बताए । ‘घरफर्काउने सवालमा नेपाल भारत दुइदेशबीच कुटनितिक पहलहुनु आवस्यक छ’, प्रमुखजिल्लाअधिकारी रिजालले भने, यसको रिपोर्टिङ गृहमन्त्रालयमा भैइसकेको छ।’

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *