लिलाधर वली ,
दाङ, बैशाख ३। बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण शहर सुनसान बनेको छ । मानिसहरु घरभित्र बसेर दिन काट्दै आएपनी गाउँघरमा भने किसानलाई हिउदे बालीका रुपमा रहेका गहुँ, जौ,चनालगायत बालीहरु काट्नु, खल्यानमा ल्याउनु र दाई गरि घर भित्र्याउन बेस्त रहेका छ्न । कोरोना भाइरसको जोखिम बढी रहेका बेला किसानहरुले भने खेतबारीमा सामाजिक दुरी कायम राख्दै काम गर्ने गरेका छन ।
लकडाउनका कारण जिल्लामा कार्यालय, बजार तथा उद्योग धन्दा बन्द रहेपछी अहिले जागिरेहरु पनि आ आफ्ना खेतबारीमा काम गर्न बेस्त हुनेगरेका छ्न । जस्ले गर्दा गहुँलगायतका बाली भित्राउन ज्यालामा मजदुर राख्न नपरेको किसान बिमल अधिकारीले बताए । “कोरोना भाइरसको जोखिमका कारण अहिले काम गर्ने मान्छे पाउन नि मुस्किल छ”, उनले भने,”रोगको संक्रमणको जोखिमका कारण काम गर्ने मान्छे नि पाइदैनन । तेसैले घर परिवारले आफै काट्ने गरेका छौ ।”
कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्ने गरि लकडाउनकाे समयमा खेतवारीमा काम गर्ने किसानहरुलाई व्यवस्था गरिएको स्थानिय सरकारहरुले जनाएका छन् ।
लकडाउनका कारण अन्यलाई आवत जावतमा कडाइ गरिए पनि खेतबारीमा रहेका बाली काट्ने र भित्र्याउनेलाई कुनै रोक नलगाइएको पालीकाहरुको भनाई छ । दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले पनि अत्याबश्यक र कृषी कार्य गर्नका लागी सामाजिक दुरी कायम राख्दै सुरक्षीत तरिकाले काम गर्न दिइएको बताएका छ्न ।
जिल्लाका अधिकांश वडाले वडा तहमा सरोकारवालाहरुको बैठक बसाली कृषी कार्य गर्दा कुनै रोकावट नगर्ने र त्यस्का लागी आबश्यक टेक्टर र थ्रेसर प्रयोग गर्न गाडी नम्बरसहित सम्बन्धीत पालिकामा अनुमतीका लागी सिफारिस गर्ने निर्णय गरेको घोराही उपमहानगरपाका- ५का अध्यक्ष विष्णुमणी दाहालले बताए छ्न । वडाले गरेको व्यवस्था अनुसार कृषकहरुले सहज ढँगले काम गरिरहेको बताउनु हुन्छ ।