तुलसीपुर, बैशाख ३ । जिल्ला प्रशासन कार्यालय दाङले अबदेखि अत्यावश्यक सवारी पास लिनको लागि ई–पासको व्यवस्था गरेको छ । अनलाईन र एसएमएस वाटै अत्यावश्यक सवारी पास लिन सकिने हुँदा अबदेखि कार्यालयमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि जारी राखेको लकडाउनमा आवश्यक सवारी साधनका लागि अबदेखि ई–पासको व्यवस्था गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले अति आवश्यक सवारी पासको लागि अनलाईन मार्फत फाराम भरेर सवारी पास लिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
यसका साथै पहिले दिने गरिएका पासहरु अब उपलब्ध नहुने र अनलाईन पास अनिवार्य गरिएको प्रजिअ रिजालले बताएका छन् ।
लकडाउनको समयमा आपसी सामाजिक दुरी कायम गर्नु पर्ने भएको हुँदा अनलाईन वा एसएमएस मार्फत सेवा लिन सकिने व्यवस्था गरिएको प्रजिअ रिजालले बताएका छन् । त्यसका लागि वयभसाईड epass.moha.gov.np र एसएमएस गर्न १११२ मार्फत निवेदन गर्ने व्यवस्था गएिएको छ ।