२०८१ बैशाख १४ गते शुक्रवार

काठमाडौंमा कडाइ, लक डाउन उलंघन गर्ने दुई हजार समातिए


वैशाख ३ । काठमान्डौमा कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको कार्यान्वयनमा थप कडाइ गरेको छ।

लक डाउन आदेशको उलंघन गर्ने बिना काम बाहिर निस्कनेलाई नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई तीव्र बनाइएको छ।

राजधानी प्रवेश गर्ने सबै संभावित नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा तुल्याइएको छ। लकडाउन कार्यान्वयनलाई थप प्रभावकारी बनाउन गस्ती र सुरक्षा जाँच बढाइएको प्रहरी बताएको छ ।

बुधबार बिहानको समयमा मात्र लकडाउनको उलंघन गर्ने २ हजार ३८ जनालाई प्रहरीले कारवाही गरेको छ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी बिश्वराज पोखरेलले बुधबार बिहान दुईघण्टामै लकडाउन उलंघन गर्ने दुई हजारलाई नियन्त्रणमा लिएर होल्ड गरिएको जानकारी दिए। उपत्यकामा अहिले तिनवटै सुरक्षा निकायका १५ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन्।

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *