२०८१ कार्तिक १७ गते शनिवार

तुलसीपुरका रहिमुल्ला स्टोरका सञ्चालकको आजै र्यापिड टेष्ट गर्न भन्छु – प्रजिअ रिजाल

फाइल तस्बिर

तुलसीपुर, बैशाख २ । तुलसीपुरस्थित रहिमुल्ला स्टोरका सञ्चालकको मंगलवार नै र्यापिड टेष्ट गरिने भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले सकभर मंगलवार बेलुकासम्म रहिमुल्ला स्टोरका सञ्चालकको र्यापिड टेष्ट हुने जानकारी दिए ।

‘यो बारेमा मलाईपनि धेरै कुराहरु आएका छन्,’ प्रजिअ रिजालले भने ‘म अहिले नै तत्काल उहाँको र्यापिड टेष्टगर्न सरोकारवालाहरुलाई आग्रह गरिहाल्छु।’

कसैमाथि पनि आशंका उत्पन्न भए जो कोहीले पनि क्वारेन्टाइनमा बस्नु वा र्यापिड टेष्ट गराउनु सामान्ने कुरा हुने पर्ने बताए । समाजमा व्याप्त आशंका निवारण गर्नकै लागि भएपनि उहाँको र्यापिड टेष्ट गर्नुपर्ने अवस्था भएको प्रजिअ रिजालले बताए ।

पछिल्लो केही समय यता रहिमुल्ला स्टोरका सञ्चालकवारे तुलसीपुर बजार क्षेत्रमा अनेक खालका हल्ला र आशंकाहरु व्याप्त भइहरेको छ ।

बुवा मंसिर पछि भारत जानु भएकै छैन – छोरा अमन
व्याप्त हल्लाबारे बुझ्न खोज्दा छोरा अमन अन्सारीले सबै हल्लाहरु भ्रमाक र झुटो भएको दाबी गरे । ‘यी हल्लाहरु मैले र मेरो परिवारले पनि सुन्दै आएका छौं । यसवाट हामी दुःखी छौं,’ अन्सारीले भने ‘ मेरो बुवा मंसिर २८ गते औषधी लिन लखनउ जानु भएको हो । त्यसपछि रुपैडिहासम्म पनि जानु भएको छैन।’

उनले यसअघि नै आफुले व्याप्त भ्रमहरु चिर्ण तुलसीपुर क्षेत्रका विभिन्न सञ्चारमाध्यमहरुमा पुगेर अवगत गराएको भएपनि मानिसहरु असत्य कुराको पछि लाग्नु गलत भएको बताए ।

तर अमनले लकडाउन सुरु हुनुभन्दा पहिले एकदिन आफ्ना बहराईच गएर सोही दिनै फर्किएको जानकारी दिए । ‘आफन्तको मृत्युपछि आमा गएर दुई घन्टा मात्रै बसेर सोही दिन नै घर फर्किनु भएको हो,’ अमनले फोनमा भने ‘बुवा यो बीचमा मस्जिद गएको भन्ने कुरा सरासर झुट हो।’

उनले बुवा मंसिर यता कतैपनि नगएको र घरमै बसीरहेको हुँदा र्यापिड टेष्ट गराउन वा क्वारेन्टाइनमा जान आवश्यक नरहेको जिकिर गरे । तर तुलसीपुर क्षेत्रमा भने रहिमुल्ला स्टोरका सञ्चालक हालसालै भारतका मस्जिद बाट आएको भन्ने हल्ला व्याप्त रहेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस
  1. हिदयत अंसारी says:

    आज lockdown को २२ औं दिन सम्म आइपुग्दा हामी सबै जना सकुशल एवम् स्वस्थ छौ। हामी सबै जना घर मै lockdown ko अवस्था मा छौ।
    समाजमा हामी प्रति धेरै आशंका हरु उत्पन्न भएकोले सरकारले तोकेको मापदण्ड अनुसार rapid test गराउन हामी तयार छौ। र सकेसम्म आज सोमबार नै गराउन पहल गर्दै छौ। यस्तो दुःख परेको बेला सबै को साथको अपेक्षा गर्दछौं। समाजको भलाईको लागि अंसारी परिवार सधै अगाडि रहने सहर्ष जानकारी गराउँदछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *