तुलसीपुर, वैशाख २ । दाङका थप पाँच जना व्यक्तिहरुले पनि संक्रमित महिलासंग एउटै बसमा यात्रा गरेको तथ्य उजागर भएको छ । चैत १७ गते बिरगन्जवाट कैलाली पुगेकी ६५ बर्षीया एक कोरोना संक्रमित महिला संगै यात्रा गरेर भालुवाङ सम्म आएका थप पाँच जनालाई पहिचान गरि आइसोलेनमा पठाइएको छ ।
उनीहरु पाँचजना राप्ती गाउँपालिका हुन । स्थानीय प्रशासनले मंगलवार उनीहरुको पहिचान गरि तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा पुर्याएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले जानकारी दिए ।
सोमवार मात्रै संक्रमित महिलासंगै यात्रा गरेकी दाङ घोराही उपमहानगरपालिका वडा नं. १४ गोरखा टोल निवासी ६२ बर्षीया एक महिलासहित उनका परिवारका थप पाँच सदस्यलाई आइसोलेसनमा लगिएको थियो ।
९ जनाको स्वाब भैरहवा पठाइयो
मंगरवार बेलझुण्डी अस्पतालको आइसोलेसनमा रहेका नौंं जना व्यक्तिको स्वाब परीक्षणको भैरहवा पठाइएको छ ।जसमा बिरगन्जवाट कैलाली पुगेकी संक्रमित महिलासंगै यात्रा गरेकी घोराही एक महिला, उनका परिवारका थप पाँच सदस्य, विदेशवाट आएका राजपुर गाउँपालिकाका दुई युवा र नवलपरासी घर भई घोराहीस्थित सगरमाथा सिमेन्टमा कार्यरत एक युवाको स्वाब रहेको जिल्ला फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
बेलझुण्डी कोरोना विषेश अस्पतालका सदस्य सचिव डा.सर्वेश शर्माले मंगलवार दिउँसो पाँच जनालाई आइसोलेनमा ल्याउनु पूर्व नै नौं जनाको स्वाब संकलन गरि पठाई सकेको हुँदा पाँच जनाको छुटेको जानकारी दिए ।
बुलेझुण्डीस्थित अस्पतालको आइसोलेसनमा १४ लाई राखिएको छ । उनीहरु सबैको अवस्था सामान्ने रहेको चिकित्सकले जानकारी दिएका छन् । हालसम्म दाङवाट परीक्षणका लागि ४० जनाको स्वाब काठमाडौं पठाइएको भएपनि सबैको रिपोर्ट नेगेटिभ नै आएको थियो । जिल्लाका विभिन्न स्थानमा गरि मंगलवार सम्म ४१ जना क्वारेन्टाइनमा राखिएका छन् ।