तुलसीपुर, बैशाख २ । आफ्नो सञ्जालमा भ्रमाक कुरा लेख्ने घोराहीका एक युवा पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १५ का २८ बर्षीय दिपक न्यौंपाने मंगलवार पक्राउ परेका हुन ।
उनले आफ्नो फेसबुक वालमा मंगलवार विहान ८ बजेतिर दाङमा एकजना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको भ्रामक कुरापोष्ट गरेका थिए ।
तथ्य हिन र भ्रमाक कुरा फेसबुक वालमा पोष्ट गरि आम जनमानसमा डर त्रास फैलाउने काम गरेको हुँदा न्यौंपानेलाई पक्राउ गर्नु परकोदाङका प्रहरी प्रबक्ता सुमित खड्काले बताए ।
न्यौपानेमाथि आवश्यक अनुसन्धान जारी रहेको डिएसपी खड्काले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७७ बैशाख २ गते मङ्गलवार