दाङ, वैशाख २ । दाङका एक एम्बुलेन्स चालकसहित तीनजना नक्कली विरामी सल्यानमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ बाघमारे निवासी ३० बर्षीय गिरिराज खत्री, नक्कली विरामीहरुदाङको लमही नगरपालिका वडा नं. ३ नारायणपुर निवासी २९ बर्षीय मिनराज सुवेदी, सोही ठाउँका २३ बर्षीय दिपु चौधरी र सोही ठाउँकै१८ बर्षीय रविन चौधरी रहेका छन् ।
नक्कली पास र नक्कली विरामी बनाएर यात्रु आसोरेको आरोपमा चालकसहित चार जनालाई पक्राउ गरिएको सल्लाका प्रहरी प्रमुखढकेन्द्र खतिवडाले जानकारी दिए ।
जिल्लाको बागचौर नगरपालिका वडा नं. ५ बाङ्गेलाकुरीस्थित इलाका प्रहरी कार्यालय सिमखोली सल्यानले चैत ३० गते राति १० बजेचेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको डिएसपी खतिवडाले जानकारी दिए ।
रा १ च ५१२ नम्वरको एम्बुलेन्स मानव परोपकार तथा समाज कल्याण केनद्र दाङले सञ्चालन गर्दै आएको छ ।
नक्कली पास र नक्कली विरामी ल्याएर पश्चिम रुकुमदेखि दाङको तुलसीपुर तर्फ आउँदै गर्दा पक्राउ परेका व्यक्तिहरु माथि थपअनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।