काठमाडौं, बैशाख १ । बाग्लुङकी ६५ बर्षीया एक महिलामा सोमवार पुनः परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको छ । बागलुङमा आइतवार गरिएको र्यापिड टेष्टमा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
गाउँपालिकाले आइतबार गरिएको ५७ जनाको स्वाब परीक्षण गरेको थियो । त्यसमध्य काठेखोला–६ की ६५ वर्षीया महिलालाई कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो।
तर उनको स्वाबको सोमवार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा थप परीक्षण गर्दा परीनाम नेगेटिभ आएको छ । ती महिला लकडाउन भन्दा पहिला तीर्थयात्राका लागि भारत पुगेर फर्केकी थिइन ।
प्रकाशित मिति : २०७७ बैशाख १ गते सोमवार