तुलसीपुर,चैत ३० । लकडाउनको समयमा मध्यरातमा पातुखोलावाट नियन्त्रणमा लिइएका सात सवारी साधन र चारजनालाई प्रहरीले आइतवार सार्वजकि गरेको छ ।
चैत २९ गते राति १ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पातुखोला क्षेत्रमा अवैद्य रुपमा बालुवा–गिट्टीको उत्खनन् र ओसार पसार कार्यमा प्रयोग भएका भनिएका पाँच टिप्पर, एउटा जेसिबी र मोटरसाईकल प्रहरीले आइवार सार्वजनिक गरेको छ ।
जसमा रा १ क ६०६८ नम्वरको जेसिबी, पाँच वटा टिप्परहरु ना ८ ख ६५२१ नम्वर, ना ८ ख ७९०७ नम्वर, रा १ ख २१६७ नम्वर, रा १ ख २२२७ नम्वर, प्र. २ ०२०३००१ ख ०९६७ नम्वरको टिप्पर र रा १ प ५७१७ नम्वरको मोटरसाईकल रहेका छन् ।
दाङ जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले ती सबै साधन चैत २९ गते राति १ बजेतिर नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
लकडाउनको समयमा बालुवा गिट्टी तस्करी गर्ने क्रममा पक्राउ परेका सबै सवारी साधनलाई आवश्यक कानुनी कारवाहीका लागि तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पठाइएको डिएसपी खड्काले जानकारी जारी गरेको बक्तव्यमा उल्लेख छ ।
लकडाउन उलंघन गरेको अभियोगमा चार जना पक्राउ
चैत २९ गते रातको १ बजेको समयमा नै पातुखोला बगरवाट लकडाउन उलंघन गरेर हिडिरहेको अजस्थामा चारजनालाई पक्राउ गरिएको डिएसपी खड्काले बताएका छन् ।
जसमा शान्तिनगर गाउँपालिका वडा नं. २ का २३ बर्षीय दिनेश भण्डारी, बबई गाउँपालिका वडा नं. ६ निवासी १८ वर्षीय दिलबहादुर डाँगी, तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी २५ बर्षीय कुमार बस्नेत र तुलसीपुर १० कै रन्दिप न्यौंपाने रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका सबैजना विरुद्ध संक्रमण रोग ऐन २०२० अन्तरगतको कसुरमा मुद्दा दायर गरेर कारवाही गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।