२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुरमा घर–घरमा पुगेर रगत संकलन

 


शरद रेग्मी,
तुलसिपुर, चैत्र ३० ।  आइतवार तुलसीपुर क्षेत्रका युवाहरु मिलेर रक्तदान गरेका छन् ।
तीन साता लामो लकडाउनका कारण जिल्लाका अस्पतालहरुमा रगतको अभाव हुन थालेपछि युवा तथा व्यवसायी मिलेर रक्तदान गरेका हुन ।

सामाजिक सञ्जालहरुमा पछिल्लो समय बिभिन्न अस्पतालहरुमा उपचाररत बिरामिहरुलाई रगतको अभाव भएका खवरहरु सार्वजनिक हुँदै आएका थिए । त्यो देखेर जिल्ला रेडक्रसमा कार्यरत केही युवा, विभिन्न क्रियाशिल संघ सस्थामा कार्यरत युवा र पत्रकारहरुले रक्तदानको लागि पहल गरेका थिए ।

आइतवार पत्रकारहरुले समेत आफ्ना सामाजिक सञ्जालमा ‘ओ पोजेटिभ ब्लड’ अति आबश्यक परेको खवरहरु पोष्ट गरेका थिए ।त्यो देखेर कतिपय रक्तदाताहरुले आफै फोन गरेर आफु रगत दान गर्न ईच्छुक रहेको हुँदा वातावरण मिलाउन आग्रहपनि गरेका थिए ।

अनि रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका प्रशासकीय अधिकृत बिश्राम अधिकारीको अगुवाईमा घुम्ति शिबिर सुरु गरेर ब्लड कलेक्सन सुरु भएको हो । घुम्ति शिबिर सन्चालन गर्न तिर्थ शर्माले गाडि सौजन्य गरेका थिए ।

रगतको अभाव टार्न प्राबिधिक टोलिले दाताहरुको घर–घरमा पुगेर रगत शंकलन गरेको हो ।
लकडाउनको असहज परिस्थितिमा पनि १५ मिनेट भित्र ‘ओ–पोजोटिभ ब्लड’ अपेक्षा भन्दा धेरै संकलन भएको छ ।

यसैबीच जिल्लामा देखिएको रगत अभाबलाई मध्यनजर गर्दै बैषाख १ गते बिहान सात बजे बिभिन्न सघं सस्थाहरुले तुलसीपुरस्थित कालिकादेबी रक्त सञ्चार सेवामा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेका छन् ।
रक्तदाताहरु

१– बिमल रिजाल–पुर्ब अध्यक्ष तुलसीपुर उद्योग बाणिज्य संघ
२– सुरज वली – प्रबन्धक माछापुच्छ्रे बैंक
३– सुरज रायमाझी
४– प्रबिण अधिकारी
५– भिगर केसी
६ – दिनेश पाण्डे
७ – प्रकाश तिमिल्सिना
८– रिसब रिजाल ।

 

प्रकाशित मिति : २०७६ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *