शरद रेग्मी,
तुलसीपुर ,चैत्र २९ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ लालपुर घर भइ हाल अमेरिकामा बस्दै आएका एक परिवारले आफन्तकोसहयोगमा राहात प्रदान गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको फूड बैंकमाअमेरिकामा बस्ने सर्मिला रेग्मी, सञ्तोष रेग्मी र अवनिश रेग्मीले पठाएको सहयोग पत्रकार चेतन रेग्मीले प्रदान गरेका हुन ।
तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई एक हाजर दुई सय ५० किलो चामल, एक सय किलो दाल र ५० किलो नुन सहयोग स्वरुप प्रदानगरिएको छ । लकडाउनको समयमा विपन्न तथा गरिव परिवारले खान नपाउने समस्याको स्थिति उत्पन्न नहोस भनेर रेग्मी परिवारलेअमेरिकाबाट सहयोग गरेका हुन ।
प्रकाशित मिति : २०७६ चैत्र २९ गते शनिवार