२०७८ बैशाख २५ गते शनिवार

रोकिएन लक डाउनमापनि बालुवा गिट्टीको तस्करी

फाइल तस्बिर

तुलसीपुर, चैत २९ । गएराति प्रहरीले तुलसीपुरको पातुखोलावाट झन्डै आधा दर्जन जति टिप्पर नियन्त्रण लिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बनगाउ क्षेत्रको पातुखोलामा अवैद्य रुपमा खोला जन्य बस्तुको उत्खनन् र ओसार पसारमा प्रयोग गरिएका पाँच वटा टिप्पर नियन्त्रणमा लिइएको छ ।

स्रोतले पक्राउ परेका टिप्परहरु टोपबहादुर बस्नेत लगाएका व्यक्तिको रहेको जानकारी दिएको छ । स्रोतका अनुसार प्रहरीले उनको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ । ‘एउटा मात्रै टिप्पर प्रहरीले राति तुलसीपुर लगेको छ र अन्य केही टिप्पर र जेसिबी खोला मै छन्,’ एक स्थानीले भने ।

तर जिल्लाका प्रहरी अधिकारीहरुले भने यो विषयमा स्पष्ट रुपमा जानकारी दिन चाहेनन् । जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले केही टिप्परहरु नियन्त्रणमा लिएको जानकारी दिएपनि कति वटा र कहाँवाट लिइएको हो ? भन्ने वारेमा स्पष्ट भइ नसकेको जानकारी दिए । प्रहरीसंग चालक नभएको र टिप्पर खोलामै छोडेर चालक राति नै भागेको भन्ने जानकारी उनले दिए । खोलाका टिप्पर ल्याएपछि मात्रै एकिनका साथ भन्न मिल्ने एसपी भट्टराईले बताए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी अधिकारी भने पटक÷पटक फोन सम्पर्क गर्दापनि सम्पर्कमा आउन चाहेनन् । विहान ८ बजेदेखि साढे १० बजेसम्म फोन गर्दापनि सहयोगीले सरले गेम खेलिरहेको भन्ने जानकरी दिएका थिए ।

स्थानीयले भने प्रहरी प्रशासनको सेटिङमा तस्करी हुने गरेको आशंका व्यक्त गरेका छन् । ‘यहाँ घुमुवा संगको सेटिङमा लकडाउनमा पनि खोलाको बालुवाट गिट्टी चोर्नेकाम भइरहेको छ,’ एक स्थानीयले भने ‘ रातारात त्यो बालुवा गिट्टी क्रसर उद्योगहरुमा पुग्ने गर्छ।’गाउँलेको सक्रियतामा गएराति साढे बाह्रेबजेतिर ती टिप्परहरु नियन्त्रणमा लिइएको एक स्थानीयले फरककोणलाई जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *