२०८२ माघ ५ गते सोमवार

घोराहीमा शिक्षक कर्मचारीको राहात ४० लाख

घोराही, चैत २९ । घोराही उपमहानगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा शिक्षक कर्मचारीहरुले करिब ४० लाख रुपैंया जम्मा गर्ने भएका छन् ।नगर स्तरीय विपत व्यवस्थापन समितिको शनिवार बसेको बैठकले उपमहानगरका शिक्षक कर्मचारीहरुको चैत महिनाको तलबबाट कट्टी हुने गरी कोरोना राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।

सहसचिब स्तरको कर्मचारीबाट ७ दिनको, उपसचिब र शाखा अधिकृत स्तरको कर्मचारीबाट ५ दिनको र नायब सुब्बादेखी तल्लो स्तरका कर्मचारीबाट ३ दिनको तलब कटाएर कोषमा रकम जम्मा गर्ने निर्णय भएको विपद् व्यवस्थापन शाखा प्रमुख उमेश शर्माले जानकारी दिए ।

तर स्वास्थ्यकर्मी, सरसफाईकर्मी, विपत व्यवस्थापनका कर्मचारी, ज्यालादारी कर्मचारी र कोरोना रोकथामको कार्यमा खटेकाहरुको हकमा भने यो नियम अनिवार्य गरिएको छैन ।नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले घोराही १८ स्थित मावि रझेनामा थप क्वारेन्टाईन बनाउन आबस्यक पूर्वाधार निर्माणको काम अघि बढाउने निर्णय समेत गरेको छ ।

बैठकले वडा स्तरमा तयार पारिएको दैनिक ज्यालादारी काम गर्ने अति विपन्न तथा गरिव परिवारलाई खाद्यान्न अनुगमन पश्चात मात्रै वडा मार्फत राहत वितरण गर्ने निर्णय भएको छ ।

वडाले अहिले सम्म वितरण गरेका विवरणहरु तीन दिनभित्र तोकिएको ढाँचामा उपमहानगरको विपद् व्यवस्थापन शाखामा उपलब्ध गराउन समेत बैठकले वडा अध्यक्षहरुलाई निर्देशन दिएको छ ।

बैठकले दाङ जिल्ला उद्योग बाणिज्य संघले सञ्चालन गर्दै आएको होम डेलिभरी सेवालाई निरन्तरता दिदै थप प्रभावकारी बनाउन आग्रह गरेको छ ।

साथै स्थानीय रुपमा उत्पादन भएका तरकारीजन्य एवं दुग्धजन्य उत्पादनहरु होम डेलिभरी सेवाकै रुपमा घर घरमा पुर्याउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *