२०८१ कार्तिक २३ गते शुक्रवार

गोरखा कलेजले अनलाईनबाट विद्यार्थी पढाउन थाल्यो

अर्जुन भट्टराई,
तुलसीपुर, चैत २८ । तुलसीपुरको गोरखा कलेजले आफ्ना केही विद्यार्थीलाई अनलाइन मार्फत पढाउन सुरु गरेको छ ।तीन हप्तादेखिको लकडाउनका कारण त्रिभुवन विश्वविद्यालयले लिने बार्षिक परिक्षाको तयारीमा रहेका विद्यार्थीलाई उस्ले पढाउन थालेको हो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले नेपालभर लकडाउन जारी गरेको हुँदा शैक्षिक संस्था सबै ठप्प छन् ।

त्यही भएर बिद्यार्थीलाई अनलाइनको माध्यमबाट दैनिक २ घण्टा पढाउन सुरु गरिएको छ । क्याम्पसका संयोजक बेदप्रकास भट्टराईले हाल ब्यबसायिक अनुसन्धान विधि बिषयको अध्यापन भइरहेको जानकारी दिए ।

प्रबिधिको प्रयोगद्वारा अध्यापन गराउदा बिद्यार्थीलाई सहजता भएको उनले बताए । यसलाई बिस्तार गरी बिभिन्न बिषयको पढाई सुरु गर्ने तयारी क्याम्पसले गरेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *