२०८१ बैशाख १३ गते बिहिवार

तुलसीपुरमा सुत्केरीलाई अण्डा उपहार


तुलसीपुर, चैत २७ । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई प्रोत्साहान स्वरुप अण्डा उपहार दिन थालेको छ । सत्केरी भएको थाहा पाउन वित्तिकै घरमै पुगेर एक क्यारेट अण्डा दिन थालिएको छ ।

मेयर घनश्याम पाण्डेले सुत्केरीलाई पौष्टिक आहारको कमि हुन नदिन अण्डा उपहार दिन सुरु गरेको जानकारी दिए । लकडाउनको अवधिमा मात्रै करिव एकसय जति सत्केरीलाई अण्डा उपहार प्रदान गरिएको उनले बताए ।

हालसालै तुलसीपुरको वडा नं. ११ मा ३ जनालाई , वडा नम्वर ७ मा ५ जनालाई, वडा नं. ४ मा ७ जनालाई अण्डा वितरण गरिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *