२०८१ बैशाख १३ गते बिहिवार

विजौरीमा करेन्ट लागेर एक युवाको मृत्यु


तुलसीपुर, चैत २७ । दाङको विजौरीमा विहीवार करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बाँसगढी निवासी ३७ बर्षीय बलबहादुर थापा मगरको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

मगरले मध्यान्ह १२ बजेतिर तुलसीपुर १८ विजौरीस्थित मलवारले सिंचाई कुलोमा माछा मार्ने करेन्ट लगाउँदा त्यही करेन्ट लागेर गम्भीर अवस्थामा पुगेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता चक्रडम्मर पालले मगरको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा केही बेरमा मृत्यु भएको जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *