तुलसीपुर,चैत २७ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ हात्तीलोटेमा घर भित्रै एक महिला मृत फेला परेकी छन् । ४४ बर्षीया देविसरा पुन विहीवार विहान मृत अवस्थामा फेला परेकी हुन । घरमा कोही नरहेको अवस्थामा पुन मृत फेला परेको प्रहरीले बताएको छ ।
पुनका श्रीमान गाउँतिर गएको र छोरापनि काम विषेशले सल्यानतिर गएको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मृतक महिलाले मदिरा सेवन गर्ने गरेको भन्ने खुल्न आएका कारण बढी मदिरा सेवन गरेकक्ै कारण उनको मृत्यु भएको हुन सक्ने आशंका गरेको छ ।
प्रहरीले घटनावारे अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।
३ दिन अगाडि मृत फेला परेकी महिला रोल्पाकी दाङको लमहीमा तीनदिन अगाडि मृत अवस्थामा फेला परेकी महिलाको विहीवार पहिचान भएको छ ।
मृतक रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ निवासी ३९ बर्षीया मिना थापा रहेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय दाङले पहिचान पछि शव आफन्तलाई बुझाइको जानकारी दिएको छ ।