२०८१ बैशाख १२ गते बुधवार

सूर्यदय सहकारी द्धारा ५० घरमा खाद्यान्न बितरण


घोराही, चैत्र २७।सूर्यदय बचत तथा ऋण सहकारी संस्थाले ४५ हजार रुपैंया बढीको खाद्यान्न विषद कोषलाई प्रदान गरेको छ । घोराही १५ स्थित सहकारी संस्थाले ६ क्विन्टल २५ किलो चामल, ७७ किलो दाल, ६२ किलो नुन, ३० लिटर तेल, ८४ वटा नुहाउने तथा कपडा धुने साबुन उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

विहीवार सहकारीका अध्यक्ष केशाराम वली, उपाध्यक्ष मदन केसी, कोषाध्यक्ष प्रबेशकुमार थापा र सदस्य तारा खड्काले नगर प्रमुख नरुलाल चौधरीलाई सहयोग सामाग्री हस्तान्तरण गरेका हुन ।

उक्त खाद्यान्न वडा नम्बर १४ स्वर्गद्धारी टोलमा १०, सुन्दर नगर टोलमा ६, वडा नम्बर १५ को काठेकोल टोलमा १८, लालिगुरास टोलमा १० र वडा नम्बर १८ को मसिनाका ७ अति विपन्न परिवारलाई राहत वितरण गरिएको सदस्य तारा खड्काले जानकारी दिए । लकडाउनका कारण अप्ठेरोमा परेका विपन्न परिवारलाई राहात सामाग्री प्रदान गरिएको हो ।

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *