तुलसीपुर, चैत २६ । नुहाउन भनि गएका एक युवाको बुधवार राप्ती नदीमा डुवेर मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका वडा नं. ९ रिहार निवासी २६ बर्षीय राजेश खड्काको डुवेर मृत्यु भएको छ ।
गाउँकै साथी भूपेन्द्र वलीसंग बुधवार बेलुका ५ ः ४० बजेतिर राप्ती नदीमा नुहाउने क्रममा खड्का डुवेका थिए । वलीले नै खड्कालाईउद्धार गरेर लमही अस्पताल सम्म पुर्याएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
शव पोष्ट मार्टमको लागि लमही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ चैत्र २६ गते बुधवार