रुपन्देही, चैत २६ । चैत १६ गते उपचारका क्रममा मृत्यु भएका बाबुराम थापा क्षत्रीको शव बुधवार उठेको छ । बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।पाल्पा रिब्दीकोट स्थायी घर भई थापा र उनको परिवार बुटवलको सैनामैना नगरपालिकामा डेरा गरि बस्दै आएका थिए ।
दुबईबाट चैत ६ गते बुटवलस्थित कोठामा आइपुगेका उनको उपचारका क्रममा बुटवल कोरोना विषेश अस्पतालमा मृत्यु भएपछि सुरुमा कोरोना भाइरसका कारण मृत्यु भएको आशंका गरिएको थियो ।
तर स्वाब परीक्षणवाट उनको मृत्युको कारण कोरोना नभएको पुष्टि भएपनि परिवार जनले शव उठाउन मानेका थिएनन् । बुधवार सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र पाल्पाको रिब्दीकोट गाउँपालिकाले बाबुरामको परिवारलाई क्षतिपुर्ती बाफत पाँच लाख रुपैयाँ दिने सहमति भएको छ ।
त्यस्तै चन्दन समाज र थापा मगर समाजबाट पनि पैंसा संकलन गरि आठ लाख रुपैंया दिने सहमति भएपनि बाबुरामकी पत्नि रीताले शव बुझेकी हुन ।