२०८१ बैशाख १० गते सोमवार

सोना सिमेन्ट उद्योगले सात लाख बराबरको स्वास्थ्य सामाग्री दियो


शरद रेग्मी,
तुलसीपुर,चैत २६ । तुलसीपुरको दुधरासस्थित सोनापुर सिमेन्ट उद्योगले विपद कोषमा सातलाख बराबरको सहयोग गरेको छ । मगलबार जिल्ला बिपद उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाललाई सोना मिनरल्स एण्ड आएल प्रालिका महाप्रबन्धक हरि पाठकले एक सय थान स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेका हुन । कम्पनी मै प्रजिअलाई महाप्रबन्धक पाठकले ती सामाग्री प्रदान गरेका हुन ।

स्वास्थ्यकर्मीले एकपटक प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्न मिल्ने करिब सात लाख बराबरको पिपिई सेटसहितको सामाग्री स्थानीय प्रशासन मार्फत स्वास्थ्यकर्मीलाई वितरण गर्नको लागि प्रदान गरिएको महाप्रवन्धक पाठकले बताए ।

पाठकले यही हप्ता स्थानीय उद्योग बाणिज्य संघहरुमार्फत एकहजार थान मास्कपनि प्रदान गरिने जानकारी दिए । कोरोना भाइरस नियन्त्ररण तथा सर्तकताका लागि आफ्नो उत्पदान समेत कम्पनिले बन्द गरेको पाठकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *