
तुलसीपुर, चैत २५ । विरामीवाट बढी भाडा असुल्ने एक मेडिकल सञ्चालक र चालक पक्राउ परेका छन् ।लमहीस्थित लमहीस्थित कृपा पोलिक्लिनिक एण्ड मेडिकलका सञ्चालक ५० बर्षीय कमलप्रशाद भुसाल र चालक ४० बर्षीय कृष्ण आचार्य मंगलवार पक्राउ परेका हुन ।
उनीहरु दुबैजना लमही नगरपालिका वडा नं. ५ बासिन्दा हुन । दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले गोप्य सूचनाका आधारमा लमहीवाट घोराही तर्फ आउँदै गरेको रा १ च ८२५ नम्बरको एम्बुलेन्ससहित उनीहरुलाई बीचवाटो मै प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।
लमहीवाट विरामी बोकेर तुलसीपुर आउँदा तीन हजार भाडा लिनुपर्नेमा उनीहरुले विरामीवाट सात हजार पाँचसय असुलेको हुँदा पक्राउ गर्नु परेको उनले बताए । उनीहरु माथि अनुसन्धान जारी रहेको र अनुसन्धान पछि आवश्यक कानुनी कारवाही अगाडि बढाउने डिएसपी खड्काले जानकारी दिए ।
‘यस्तो विपदको घडीमा विरामीवाट बढी पैंशा असुल्नेलाई कानुन अनुसार कारवाही हुन्छ,’ डिएसपी खड्काले भने । एम्वुलेन्सका बारेमा विरामी भनेर सर्वसाधारणमा मासिन ओसारेको भन्ने गुनासोपनि आएका हुँदा चेकजाँचमा कडाइ गरिएको उनले बताए ।
