२०८३ मङ्सिर १० गते बुधवार

डा. किशोर र पत्नि कमलाले १ लाख ५ हजार ५ सय ५५ रुपैंया सहयोग गरे


तुलसीपुर, चैत २५ । तुलसी हस्पिटलका सञ्चालक डा. किशोर खत्री र उनकी पत्नि कमलाले राहात कोषमा आर्थिक सहयोग गरेका छन् । मंगलवार खत्री दम्पत्तिले उपमहानगरपालिकामा पुगेर  १ लाख ५ हजार ५ सय ५५ रुपैंया नगद आर्थिक सहयोग गरेका हुन ।

‘ हामीले नगद दिएका हौं,’ डा. खत्रीले भने ‘ तर, खाद्यान्न दिदा उपयुक्त हुने सल्लाह भएको हुँदा तत्कालै त्यसैमा त्यो रकम प्रयोग गरिएको छ।’

आफुले दिएको रकम लामो लकडाउनका कारणा जिवन यापन गर्न समस्यामा परेका गरिव तथा श्रमिक बर्गमा पुग्ने उनले आशा व्यक्त गरे । तुलसीपुरका नगर प्रमुख घनश्याम पाण्डेले विपदको समयमा आर्थिक सहयोग गर्ने डा. खत्रीका दम्पत्तिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २०७६ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *