उरहरी, चैत्र २५ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मा कोरोना भाइरसका कारण प्रभावित विपन्न परिवारलाई राहातवितरणको काम सुरु भएको छ । मंगलवार वडाको सुकौरा, वेलगनार, घोराडवरा र नवलपुर गाउँका ४३ घरपरिवारलाई राहत वितरणगरिएको छ ।
बुधवार कटाँहा,वेल्टाकुरा, मोतिपुर, प्रिगाउँ, चपुवाडाँडा लगायतका गाउँमा राहात वितरण हुने भएको छ ।
टोल विकास संस्थाको सिफारिसको आधारमा विपन्न तथा मजदुरी गरि छाक टार्ने परिवारलाई राहत वितरण गर्न शुरु गरिएको वडासदस्य सुवाश डाँगीले जानकारी दिए।
राहात वितरण कार्यक्रममा वडा अध्यक्ष चित्रवहादुर वली लगायत जनप्रतिनिधिहरु, वडा कार्यालयका कर्मचारी तथा प्रहरी प्रशासन रटोल विकास संस्थाका प्रतिनिधिको पनि सहभागि थिए ।टोलबाट २०० घरपरिवारलाई राहात वितरणको लागि सिफारिस गरिएको छ ।
त्यसमध्यका अन्य गाउँहरुमा क्रमश सम्म राहत वितरण गरिने वडा कार्यालयकी सचिव लक्ष्मी रानाले जानकारी दिइन ।
तुलसीपुर उपमहानगरपालिकाले भने जम्मा १०० जनाका लागि मात्रै राहत उपलव्ध गराएको छ ।त्यही राहातलाई बाँडेर २००घरपरिवारलाई पुर्याउने गरि वितरण सुरु गरिएको वडा अध्यक्ष वलीले बताए ।