काठमाडौं, चैत २५ । कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लाग स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेकोबैठकले वैशाख ८ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा र वैशाख २१ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा अनिश्चितकालका लागि वन्द गर्ने निर्णय गरेको हो ।
कोराना भाइरसका कारण अर्को सूचना जारी नहुञ्जेल सम्म परीक्षा स्थगित गर्ने निर्णय भएको प्रकासित सूचनामा सूचनामा उल्लेख छ ।
कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार भएर सामान्य अवस्था सिर्जना भएपछि परीक्षाको नयाँ तालिका प्रकाशित हुने बोर्डलेजानकारी दिएको छ।
यसअघि सरकारले चैतमा हुने माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षापनि अघिल्लो दिन मात्रै स्थगित गरेको थियो ।
प्रकाशित मिति : २०७६ चैत्र २५ गते मङ्गलवार