तुलसीपुर, चैत २४ । कैलालीका कोरोना संक्रमित संगै आएका भनिएका तीन जनालाई प्रहरीले सोमवार दिनभर खोज्दापनि पत्ता लगाउनसकेन ।
सातजनालाई पत्ता लगाएर आइसोलेसनमा राखिएको छ । तर थप तीन जनालाई दुई दिनसम्म खोज्दापनि पत्ता लगाउन मुस्किल परेकोदाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले फरककोणलाई जानकारी दिए ।
‘हामीले जति प्रयास गर्दापनि थप तीन जनाको बारेमा स्थानीय जनप्रतिनिधि र वडाबासीले समेत पहिचान गर्न सकेनन्,’ प्रजिअ रिजाललेभने ‘ त्यसैले उनीहरुको ठेगाना नै गलत पर्यो कि भन्ने आशंका भइरहेको छ।’
फेला पर्न बाँकि रहेका तीन जना बाहेक अन्य सबै सातै जनाको स्वाब परीक्षणको लागि मंगलवार नै भैरहवा पठाइने प्रजिअ रिजाललेजानकारी दिए ।
उनले रक्षाचौरका समेत गरि मंगलवार झन्डै १४÷१५ जनाको स्वाब संकलनका लागि विहानै देखि काम थालिने जानकारी दिए । जतिहुन्छ छिटो उनीहरुको रिपोर्ट आवस भन्ने पक्षमा आफुहरु रहेको उनले बताए ।