सल्यान, चैत २४ ।सल्यानको कपुरकोटमा अब तीनदिन मात्रै किनमेलका लागि पसल खोल्न पाइने भएको छ ।
सोमबार जनप्रतिनिधि, सुरक्षाकर्मी र ब्यापारीका बीचमा भएको छलफलले आईतबार, मंगलबार र शुक्रबार मात्रै पसल खोल्न पाउनेनियम बनाएको हो ।
ती दिनमा विहान एक घण्टा मात्रै अत्यावश्यक सामान किनमेल गर्न पाइने भएको छ ।उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमलघर्तीले विहान ७ बजेदेखि ८ बजेसम्म मात्रै किनमेल गर्न पाउने निर्णय भएको जानकारी दिए ।
डेरी र तरकारी पसल सञ्चालकको हकमा भने यो नियम लागु हुने छैन । डेरी वालाले हरेक दिन विहान ७ देखि ८ बजेसम्म र बेलुकी ५देखि ६ बजेसम्म खोल्न पाउने छन् । त्यसैगरी तरकारी पसलले हरेक दिन वेलुकी ५ देखि ६ बजे सम्म पसल खोल्न पाउने व्यवस्थागरिएको छ ।
यसका साथै हरेक पसलको अगाडि साबुन पानीले हात धुने ब्यवस्था गर्ने, सामग्री विक्रि गर्दा निश्चित दुरी कायम गर्ने निर्णय भएकोबजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाले जानकारी दिए ।
किनमेल गर्ने नाउमा मानिसहरुको भिडभाड कायमै देखिए पछि त्यसमा थप कडाई गरिएको हो ।
छलफलमा गाउँपालिका अध्यक्ष भिमबहादुर सेन, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, वडा नम्बर ३ का अध्यक्ष मिनबहादुरसेन, ४ का अध्यक्ष हरिलाल पुन, प्रहरी चौकी कपुरकोटका इन्चार्ज दत्तबहादुर मल्ल लगाएतको सहभागिता थियो ।