२०८२ माघ २ गते शुक्रवार

दाङमा पहिलो पटक ‘म्यान क्याचिङ इक्युपमेन्ट’को प्रयोग

तुलसीपुर, चैत २४ दाङमा पनि प्रहरीले लकडाउन उलंघन गर्दै हिड्नेहरुलाई यन्त्रको प्रयोग गरि पक्राउ गर्न थालेको जिल्लामापहिलो पटक प्रहरीले सोमवार मानिस समाप्ने यन्त्रको प्रयोग गरि २३ जनालाई पक्राउ गरेको

जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काका अनुसार डिउटीमा खटिने प्रहरीले आफैले नमुना दिएर ग्रिल उद्योगलाई त्यो यन्त्र निर्माण गर्नलगाएका हुन त्यो यन्त्र कतिवटा कतिले प्रयोग गर्दैै आएका छन् ? भन्ने वारे एकिन नरहेको उनले बताए

लकडाउन उलंघन गरि हिड्ने व्यक्तिहरुलाई हातैले समाप्नु पर्दा कोरोना भाइरसको संक्रमणको जोखिम हुने हुँदा त्यसवाट जोगिनडिउटीमा खटिने प्रहरीलेम्यान क्याचिङ इक्युपमेन्टनिर्माण गर्न लगाएको डिएसपी खड्काले बताए यो यन्त्रको प्रयोगले टाढैबाटलकडाउन अवज्ञा गर्नेहरूलाई नियन्त्रणमा लिने सजिलो हुने हुँदा संक्रमणको जोखिम नहुने उनले जानकारी दिए

जिल्लाको घोराहीमा पहिलो पटक उक्त यन्त्रको प्रयोग गरि एकै दिन प्रहरीले १८ पुरुष महिलाई नियन्त्रणमा लिएको

त्यसमध्य  केहीलाई संझाई बुझाई छोडिएको भएपनि १२ जनालाई भने प्रहरीले आफ्नो नियन्त्रणमै राखेको डिएसपी खड्काले बताए   संझाई बुझाई गर्दा समेत अटेर गर्ने पुरुष महिला गरि १२ जनालाई आवश्यक कारवाहीको लागि नियन्त्रणमै राखिएको उनले बताए

सोमवार प्रहरीले लकडाउन उलंघन गर्ने ५६ मोटरसाईकल एक ट्रयाक्टर गरि ५७ सवारी साधन नियन्त्रणमा लिएको जानकारी दिएको

प्रकाशित मिति : २०७६ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *