तुलसीपुर, चैत २४ । यूनाईटेड यूथ क्लव तुलसीपुरले बालबालीका र जेष्ट नागरिकलाई राहात वितरण गरेको छ । क्लवले सोमवारतुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुर्मीगाउँमा रहेको ‘दिदी घर’का बालबालिका र तुलसीपुर १२ हरिपौरीस्थित बृद्धाआश्रममासहयोग स्वरुप खाद्यान्न उपलब्ध गराएको हो ।
दिदी घरमा चार बोला चामल, स्वायविन, दाल, नुन, तेल र सावुन उपलब्ध गराइएको क्वलका उपाध्यक्ष सुनिल बाबु डाँगीले जानकारीदिए ।
त्यस्तै बृद्धाआश्रममा भने हाल एकजना मात्रै बस्दै आएको पाइएको हुँदा त्यहाँ एक बोरा चामल, वायविन, दाल, नुन, तेल र सावुन प्रदानगरिएको डाँगीले बताए ।
१४ दिनदेखिको लकडाउनका कारण गरिव, अशक्त तथा बालबालीकालाई खान समस्या नहोस भन्ने उदेश्यका साथ राहात वितरणगरिएको क्लवका सदस्य साकार खड्काले जानकारी दिए ।
दुई स्थानमा गरेर झन्डै दश हजार बराबरको खाद्यान्न सहयोग क्लवले गरेको छ । उक्त रकम कलवका सदस्यहरुले आपसमा संकलनगरेका हुन ।
राहात वितरण कार्यक्रममा क्लवका पूर्व अध्यक्ष चन्द्रविर वली, सचिव जितेन्द्रराज गौतम, पूर्व महासचिव प्रकाश केसी, राजेन्द्र भण्डारी रलोकेन्द्र वली लगाएका थिए ।