तुलसीपुर, । तुलसीपुरका १९ वडा मध्य सोमवार सम्म दशवटा वडामा राहात वितण गरिएको छ । कोरोना संक्रमणको प्रकोपका कारण सरकारले लकडाउन गरेपछि काममा जान नपाएका मजदुरलाई राहात वितरण गरिएको छ । सूचना अधिकारी बाबुराम न्यौपानेले सोमवार सम्म २ हजार परिवारलाई राहत वितरण गरिएको छ ।
तुलसीपुर वडा नम्वर १ मा १६२, २ मा ७०, ३ मा ५०६, ५ मा ११८, ६ मा ४ सय ६८,१० मा ३१, १३ मा २३८,१५ मा १५०,१६ मा ५६ र वडा नम्वर १८ मा २०० घर परिवारलाई राहत वितरण गरिएको विपद् व्यवस्थापन शाखाका प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए । प्रतिघर परिवार ३० किलो चामल , १ लिटर तेल, १ किलो नुन, २ किलो दाल र सावुन प्रदान गरिएको छ ।
वडा नम्वर ५ र ६ मा वडाको तर्फबाट वितरण गरिएको भएपनि नगरका तर्फबाट वितरण हुन बाँकी रहेको उनले वताए । वडाबाट लगत आइसकेको र खरिद प्रक्रियामा रहेकाले अन्य वडामा पनि तत्कालै वितरण गरिने शाखा प्रमुख खत्रीले जानकारी दिए ।
सरकारले घोषणा गरे अनुसार हरेक दिन कमाइ गरेर पेट पाल्ने मजदुरहरुलाई राहात प्रदान गरिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिएका छन् ।