
प्रकाश डाँगी,
तुलसीपुर, चैत्र २४ । कोरोनाबाट जोगिन सामुदायिक विपद व्यवस्थापन समितिहरु गाउँ घरमा हातेमाईक प्रयोग गर्दै अत्या–आवस्यक काम बाहेक बाहिर ननिश्कन गाउँबासीलाई आग्रह गर्न थालेका छन ।जिल्लाका बिभिन्न समुदायमा गठन भएका सामुदायिक विपद व्यवस्थापन समितिहरुले सचेतना फैलाउँदै हिडेको छ ।
सरकारले लकडाउन घोषना गरेकोले अत्या–आबस्यक काम बाहेक घरबाहीर ननिश्कन समुदायलाई आग्रह गर्दै कुनैपनि भेला जमघट नगरी नियमित साबुन पानीले हात धुन उनीहरु गाँउघरमा माईकङ गर्न थालेका छन ।
दंगीशरण गाँउपालिका वार्ड नं १ मा गठित बाँकी सामुदायिक विपद व्यवस्थापन समितिका संयोजक युवराज खड्काले हाते माईकको बोकेर आफुहरु गाउँ गाउँमा सन्देश प्रवाहगर्दै हिडेको बताए ।
पुर्व सूचना प्रणाली कार्यदलका संयोजक रमेश भण्डारीले आफुहरुको प्रयासले गाउँका मानिसमा सचेतना विस्तार भएको दाबी गरे ।
दाङमा प्राक्टिकल एक्सन संगको साझेदारीमा नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा दाङले विपद पुर्वतयारी तथा बाढी पुर्व सूचना प्रणाली परीयोजना मार्फत जिल्लाका ८ वटा स्थानीय तहहरुमा विपद पुर्व तयारी र बाढी पुर्व सूचना प्रणालीका बिभिन्न गतिबिधिहरु सञ्चला गर्दै आईरहेको छ ।
लमही नगरपालिका ८ बगरापुर सामुदायिक विपद व्यवस्थापन समितिका संयोजक कमल परियारले कोरोना बारे सचेतना फैलाउँदै हिडेको जानकारी दिएका छन् ।