तुलसीपुर, चैत २४ । तुलसीपुरका तीन पसलमा चोरी भएको छ । तुलसीपुर बसपार्क पुलचोक आसपासका तीनवटा पसलमा गएरातिचोरी भएको हो ।लकडाउनको मौका छोपी गएराति प्रेम बाँठाको मदिरा डिलर, पुलपारी एउटा फेन्सि पसल र अर्कौ एउटा श्रीङगारपसलमा चोरी भएको छ ।
तुलसीपुर बसपार्कका असई सोमराज हमालले मध्यराततिर चोरी भएको हुन सक्ने जानकारी दिए ।
‘बाँठाले ५० देखि ६० हजार सम्मको मदिरा चोरी भएको भन्ने जानकारी दिनुभएको छ,’ हमालले भने ‘ अरु दुईवटा पसलमा कति चोरीभयो अझैं खुल्न सकेको छैन।’
चोरले ती पसलका सटरमा लगाएको ताला फोडेर चोरी गरेको देखिएको छ । पसलमा भएको चोरीको घटनावारे जाहेरी दिन पीडितहरुसोमवार विहान इलाका प्रहरी कार्यालय तुलसीपुर पुगेका छन् ।
यसैबीच प्रहरी असई हमालले आफुले सोमवार विहान ४ बजेतिर मात्रै दुई बालकलाई चोरी गरेको आशंकामा पक्राउ गरेको जानकारीदिएका छन् । पक्राउ परेका मध्य एकजना १० बर्ष र अर्कौ १५ बर्षका बालकहरु रहेको असई हमालले बताए । पक्राउ परेका दुबैजनालाई इप्रका तुलसीपुरमा राखिएको छ । एउटालाई पसलमा चोरी गर्दै गरेको आशंकामा र अर्कौलाई होटेलमा चोरी गर्दै गरेको जस्तोदेखिएपछि आफुले उनीहरुलाई नियन्त्रणमा लिइएको असई हमालले बताए ।
उनीहरु नाबालक रहेको हुँदा नाम भने गोप्य नै राखिएको छ । प्रहरी आफैले पनि मदिरा लगाएका बस्तुहरु चोरी भएको हुँदा त्यसमा तीबालकको संलग्नता छैन कि भन्ने अनुमान गरेको छ ।
‘गएराति म आफै ११ बजेसम्म डिउटीमा थिए । त्यतिबेला सम्म सबै ठिक थियो,’ हमालले भने ‘ त्यो भन्दा पछाडि ती पसलहरुमा चोरीभएको हुनुपर्छ ।’
घटनावारे अनुसन्धान भइरहेको असई हमालले जानकारी दिए । तर इप्रका तुलसीपुरका प्रहरी अधिकारीहरुले भने घटनावारे अनभिज्ञताजाहेर गरेका छन् ।