२०८१ बैशाख ११ गते मङ्गलवार

संक्रमितसंगै आएका १० मध्य ६ युवा आइसोलेनमा, थप ४ को खोजी जारी

तुलसीपुर, चैत २३ कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै आएका दाङका दश युवा मध्य युवा आइसोलेनसमा आएका छन् स्थानीय प्रहरी प्रशासनले उनीहरुलाई खोजेर आइतवार साँझ तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा ल्याएरआइतवार साँझ राखेको हो

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले  घोराही उपमहानगरपालिका वडा नं. का २२ बर्षीय टिकाराम रोका, सोहीठाउँकै २२ बर्षीय पदमकुमार रोका, २९ बर्षीय दिपक पुन, २६ बर्षी मोहन रोका १७ बर्षीय जीवन रोका   बबई गाउँपालिका वडा नं. मा घर भई तुलसीपुर बजारमा बस्दै आएका १९ बर्षीय दशरथ परियारलाई कोरोना विषेश अस्पतालमा राखिएको जानकारी दिए

अब लमही नगरपालिका वडा नं. का २० बर्षीय शेरबहादुर कुमाल, सोही ठाउँका २५ बर्षीय रमेश मल्ल देउखुरीकै राजपुरगाउँपालिका वडा नं. का २६ बर्षीय अमर कुमाल   सोही ठाउँका १९ बर्षीय रामसागर थारुलाई ल्याउन प्रयास भइरहेको रिजाललेबताए

रिजालले सबै सम्पर्कमा आइसकेको टाढा भएका कारण उनीहरुलाई पनि ल्याउने प्रयास भइरहेको जानकारी दिए सबैलाई खोजेर तुलसीपुर बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालको आइसोलेनसमा राखिने प्रजिअ रिजालले बताए   सकभर सोमवार नैसबैको स्वाब संकलन गरि परीक्षणका लागि पठाउने प्रजिअ रिजालले जानकारी दिए

उनीहरु सबै जना चैत ११ गते गौरीफन्टा नाका हुँदै स्वदेश फर्किएका थिए उक्त दिन उनीहरु कैलालीका कोरोना संक्रमित युवासंगैआएका थिए

त्यसदिन गौरीफन्टा नाकामा झन्डै एक हजार जना नेपालीको भिड थियो प्रहरीले रोकेपछि घर आउन पाउनु पर्ने भन्दै त्यहाँ नारावाजी पर्दशन समेत भएको थियो

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *