२०८१ मङ्सिर २७ गते बिहिवार

यी हुन कैलालीका संक्रमितसंग आएका दाङका दश युवा (नाम–ठेगानासहित)

दाङ, चैत २३ । कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै आउने दाङका १० युवाको पहिचान खुलेको छ । छिमेकी देश भारतवाट चैत ११ गते आउने क्रममा लकडाउनका कारण प्रवेश नपाएपछि घर आउन पाउनु पर्ने भन्दै सयौंको भिडले त्यहाँ संगै नारावाजी गरेका थिए ।

त्यहाँ नारावाजी गर्ने झन्डै एक हजारको हाराहारीमा भारतवाट आएका मानिसहरु थिए । जसमा दाङ देउखुरी अन्तरग लमही नगरपालिका वडा नं. ५ का २० बर्षीय शेरबहादुर कुमाल, सोही ठाउँका २५ बर्षीय रमेश मल्ल रहेका छन् ।

त्यसैगरी देउखुरीको राजपुर गाउँपालिका वडा नं. ७ का २६ बर्षीय अमर कुमाल, सोही ठाउँका १९ बर्षीय रामसागर थारु रहेका छन् ।

उक्त दिन त्यो भिडमा घोराही उपमहानगरपालिका वडा नं. ४ का २२ बर्षीय टिकाराम रोका, सोही ठाउँकै २२ बर्षीय पदमकुमार रोका, २९ बर्षीय दिपक पुन, २६ बर्षी मोहन रोका र १७ बर्षीय जीवन रोका र बबई गाउँपालिका वडा नं. २ का १९ बर्षीय दशरथ परियारपनि उक्त दिन संगै आएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले दशैजना सबैको नाम पहिचान भइसकेको र उनीहरुको खोजी तीव्र रुपमा भइरहेको जानकारी दिए ।

सबैलाई खोजेर तुलसीपुरस्थित बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा ल्याएर आइसोलेसनमा राखिने उनले बताए । गौरीफन्टा नाकामा चैत ११ गते चेपाल प्रवेश गर्न पाउनु पर्ने भन्दै प्रर्दशन भएको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *