तुलसीपुर, चैत २३ । जिल्लाका १० स्थानीय तहमा चैत १ गतेदेखि ११ गतेसम्मको अवधिमा ३ हजार ६ सय ३६ जना भारत लगाएत विभिन्न देशहरुवाट फर्किएका छन् ।दाङ जिल्ला आपतकालिन कार्य सञ्चालन कार्यालयका सूचना व्यवस्थापन अधिकृत विश्व अर्यालका अनुसार सबैभन्दा धेरै बंगलाचुली गाउँपालिका र त्यसपछि घोराही उपमहानगरपालिकामा यो बीचमा मानिसहरु घर फर्किएका छन् ।
कुन पालिकामा कति विदेशवाट फर्किए ?
१) राप्ती गाउँपालिका – १३१ जना
२) गढवा गाउँपालिका– १५२ जना
३) राजपुर गाउँपालिका – १०७ जना
४) लमही नगरपालिका – ९० जना
५) घोराही उपमहानगरपालिका – १,२६८ जना
६) बंगलाचुली गाउँपालिका – १,४१६ जना
७) तुलसीपुर उपमहानगरपालिका – २८७ जना
८) दंगिशरण गाउँपालिका – २७ जना
९) शान्तिनगर गाउँपालिका – ६९ जना
१०) बबई गाउँपालिका – ८९ जना ।
जिल्लाका दश पालिकाहरुवाट जिल्ला आपतकालिन कार्य सञ्चालन कार्यालयलाई हालसम्म प्राप्त सूचना अनुसार ३ हजार ६ सय ३६ जना मानिसहरु विदेशवाट आएको भएपनि पछिल्ला दिनहरुमा पनि केही मानिस खुल्ला सीमानाबाट लुकिछिपी आएको हुन सक्ने अनुमान गरिएको छ ।
कार्यालयका सूचना व्यवस्थापन अधिकृत अर्यालका अनुसार सबैभन्द धेरै छिमेकी देश भारतवाट मानिसहरु लक–डाउनको अवधिमा घर फर्किएको जानकारी दिए ।