२०७८ बैशाख २५ गते शनिवार

तुलसीपुर उबासंघले गर्यो साढे ५ लाख बराबरको सहयोग


शरद रेग्मी,
तुलसीपुर, चैत २३ । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कोरोना विपद कोषमा सहयोग गरेको छ । संघका अध्यक्ष विरवहादुर रावतले उपमहानगरपालिकालाई नगद र जिन्सी गरेर ५ लाख, ५५ हजार ५ सय ५५ सहयोग गरेको जानकारी दिए । उनले भने ‘उपमहानगरपालिकाले थालेको अभियानमा सहयोग गर्नु व्यवसायीहरुको पनि दायित्व र कर्तव्य हो ।’

संघका तर्फबाट नगदका साथै क्वारेन्टाइनका लागि वेड, तेल,सावुन लगायतको सहयोग गरिएको महासचिव रुपवहादुर खत्रीले जानकारी दिए । उनले आवश्यक अन्य सहयोगका लागि पनि संघ तयार रहेको वताए ।

संघका पूर्व अध्यक्ष विमल रिजालले व्यवसायीको सहयोग निम्न वर्गका जनतासम्म पुग्न जरुरी रहेको बताए ।संघ अन्य व्यवसायी एवं संघ संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरेको छ ।

संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेले एकद्धार प्रणालीबाट राहत वितरण भएकाले सबै व्यवसायीलाई उद्योग वाणिज्य संघ मार्फत कोषमा सहयोग गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *