काठमाडांै, चैत २३ । सरकारले लक–डाउनमा थप कडाइ गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले लक–डाउनलाई थप प्रभावकारी बनाउने भन्दै एक स्थानीय तहबाट अर्को स्थानीय तह जान नपाउने निर्णय गरेको हो।
शनिबार एकैपटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखा परेपछि सरकारले यस्तो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले अब एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक प्रदेशबाट अर्को प्रदेश र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवगमन बन्द गरिएको जानकारी दिएका छन् ।
त्यस्तै सरकारले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी लगायत अन्यलाई प्रोत्साहन गर्न ५० देखि १०० प्रतिशत भत्ताको व्यवस्था गरेको छ।स्वास्थ्यकर्मीकाई सुरक्षा कवज यथाशिघ्र उपलब्ध गराउने पनि निर्णय गरेको छ।
प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार