बिजौरी,चैत २२।बिजौरी उद्योग बाणिज्य संघले एक महिनाको भाडा नलिन घरधनिहरुलाइ आग्रह गरेको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सम्पुर्ण ब्यापार ब्यबसाय बन्द हुदा व्यावसायिक प्रयोजनका लागि भाडामा दिएका सटरकाेठाकाे भाडा नलिन बिजौरी कार्यक्षेत्र भित्र पर्ने सम्पुर्ण घरधनिहरुलाइ आग्रह गरेको संघका महासचिव बिदुर गौतमले जानकारि दिए ।
संघको शनिबार बिजौरिमा बसेको आकास्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले लकडाउनकाे समयमा हुने कालोबजारी,मुल्यवृद्धि जस्ता कार्यको अनुगमन गर्न सघका अध्यक्ष प्रेमनाथ यौगिको सयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा बालाकृष्ण रेग्मी (सम्भु),बिदुर गौतम,शिबराज केसी र रेश्मिराज खडका रहेका छ्न ।
बैठकले लकडाउन अबधिभर बिहान ६ बजेदेखी बिहान ९ बजेसम्म अत्यावश्यक पसल खोल्न र सामान किनबेचको समयमा कोरोनाको सतर्कता अपनाउन आग्रह गरेको छ । साथै बैठकले बिहान ६ देखि ९ बजे सम्म बिजौरी कार्यक्षेत्र भित्र पर्ने मासुपसलहरु खोल्ने निर्णय गरेको महासचिव बिदुर गौतमले जानकारी दिए ।