२०७८ जेष्ठ ४ गते मङ्गलवार

राहत बोकेर वडामा पुगे अध्यक्ष सेन


सल्यान, चैत्र २१ । कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेन राहात सामाग्री वितरण गर्न आफै गाउँमा पुगेका छन् ।शुक्रबार उनले वडा नम्बर ३ का ३६ घरपरिवार र वडा नम्बर ४ का २२ घरपरिवारलाई चामल, नुन, तेल, साबुन वितरण गरेका छन् ।

उनले त्यसक्रममा सामाजिक दुरी कायम गर्न आग्रह पनि गरेका छन् । त्यसक्रममा नेकपा कपुरकोट ३ का अध्यक्ष भुवनेश्वर गौतम, नेपाली काँग्रेस कपुरकोटका सह–सचिव कृष्ण धिताल लगाएतले विपतको समयमा सबैले हातेमालो गर्नुपर्ने बताएका थिए ।

त्यस्तै वडा नम्बर ४ मा भएको राहात वितरण कार्यक्रममा वडा अध्यक्ष हरिलाल पुन, नेकपाका वडा कमिटी अध्यक्ष मित्रलाल कठायत लगाएतले मनतब्वय व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७६ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *