२०८२ जेष्ठ ११ गते शुक्रवार

तुलसीपुरको राहात–३० किलो चामलदेखि सावुनसम्म


तुलसीपुर, चैत २१ । तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका विपन्नहरुलाई राहत वाँडिएको छ । कोरोना संक्रमणका कारण सरकारले लक–डाउन घोषणा गरेपछि ज्याला मजदुरी गर्नेहरुलाई साँझ विहानको गर्जो छार्न समस्या भएकाहरुलाई राहात वितरण गरिएको हो ।

प्रति परिवार ३० किलो चामल, १ लिटर तेल, १ किलो नुन, २ किलो दाल र २ वटा सावुन वितरण गरिएको विपद् व्यवस्थापन शाखा प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए । वडा नम्वर १ बाट १ सय ६२, २ वाट ७०, १० बाट ३१ र १३ बाट २ सय ३८ जनाका लागि राहत सामग्री वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

यो भन्दा अगाडि विभिन्न वडाहरुले आफ्नै पहलमा राहत वितरण गरेका थिए । टोल विकास संस्था हुँदै वडाबाट सिफारिस भएका विपन्न वर्गलाई लक्षित गरेर उपमहानगरपालिकाले राहत वितरण कार्यलाई अगाडि वढाएको हो ।

नगरप्रमुख घनश्याम पाण्डेले अनुचित तवरले राहत नलिन आग्रह गरेका छन् । ‘खान नपुगे सरकारले व्यवस्था गर्छ तर तपाईहरु लक–डाउन तोडेर घरबाट वाहिर आउने काम नगर्नुहोस्’ पाण्डेले भने ।

प्रकाशित मिति : २०७६ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *