तुलसीपुर, चैत २१ । आइतवार मृत्यु भएका बुटवलका ३४ बर्षीय बाबुराम थापा क्षत्रीको शव अझैं परिवारले बुझ्न मानेका छैनन् ।क्षत्रीको मृत्युको कारण कोरोना भाइरस नभएको पुष्टि भइसक्दा पनि त्रासका कारण परिवारले शव बुझ्न नमानेका हुन ।
काठमाडांैको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टको आधारमा क्षत्रीको मृत्यु कोरोना भाइरसवाट नभएको पुष्टि सोमवार प्राप्त रिपोर्टमा उल्लेख थियो ।
तरपनि क्षत्रीको मृत्यु कोरोना भाइरसका कारण भएको हुन सक्ने आशंकामा परिवारले उनको शव लैजान मानेका छैनन् ।
प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले अब अन्तिम पटक परिवारलाई सम्झाउन प्रयास हुने र त्यो संभव नभए प्रहरीले मुचुल्का उठाएर शवको अन्त्येष्टि गर्ने जानकारी दिए ।
क्षत्रीको मृत्युको काण कोरोना भाईरसले गर्दा हैन भन्ने पुष्टि भइसक्दा पनि त्यो कुरामा विश्वास नगर्ने र शव अस्पतालमै रही रहने हो भने प्रहरीले त्यसको अन्तेष्टि गर्नुको विकल्प नरहेको मन्त्री बरालले बताए ।
रोजगारीको लागि दुबई गएका क्षेत्री चैत्र ६ गते राति रूपन्देहीको सैनामैना नगरपालिका–४ सिसौडांडास्थित भाडाको कोठामा आएका थिए ।
दुबईबाट आउँदा नै सामान्य ज्वरो आएका क्षेत्री घर आइसकेपछि मेडिकल पसल , स्वास्थ्यचौकी हुँदै चैत १३ गते बुटवल धागो कारखानास्थित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालमा पुगेका थिए। उनको मृत्यु चैत १६ गते भएको थियो । शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा रहँदै आएको छ ।