तुलसीपुर, चैत २१ । सरकारले जारी गरेको लक–डाउनका कारण विपन्न वर्गलाई खाद्यान्नको संकट भएपछि तुलसीपुर उपमहानगरपालिकाले राहत वितरण सुरु गरेको छ ।विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले शुक्रवार ५ वटा वडामा राहात वितरण गरिने पनि जानकारी दिएका छन् । उनका अनुसार वडा नम्वर १,२,३,१६ र १७ मा वितरण गर्न लागिएको छ ।
वडाकै पहलमा यसअघि वडा नम्वर ३ ले २ सय ३६, वडा नम्वर ५ ले १ सय २५, वडा नम्वर ६ ले १ सय ७९ परिवारलाई चामल, दाल, पिठो, तेल, सावुन , मास्क लगायतका राहत वितरण गरिसकेका छन् ।
राहत वितरण प्रभावकारी वनाउनका लागि उपमहानगरपालिकाले निर्देशिका वनाएको छ । त्यसैका आधारमा टोलबाट आएका निवेदनहरुलाई वडाध्यक्षले छनोट गरेर उपमहानगरपालिकामा वुझाएका छन् । वडाबाट आएको नामका आधारमा राहत उपलब्ध गराइने भएको छ । अनि सम्वन्धित वडाले नै त्यो विरण गर्ने भएका छन् ।
राहत वितरणलाई व्यवस्थित वनाउनका लागि उपमहानगरपालिकाले फोटो सहितको अभिलेख राख्ने नगरप्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए । उनले विपन्न परिवारलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिने जानकारी दिए ।