तुलसीपुर, चैत २० । नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का र युवा नेता सुरेश हमालले चैत महिनाको घर भाडा नलिने भएका छन् । सभापति खड्काले तुलसीपुरस्थित आफ्नो घरमा बस्दै आएका ६ परिवारको भाडा नलिने निर्णय गरेको फरककोणलाई जानकारी दिए ।
त्यस्तै तुलसीपुरको ‘क’ लाईनमा रहेको आफ्नो मिनी मार्केटमा भाडामा बसेका सबै सटरको भाडा मिनाहा गरिदिएको यातायाता क्षेत्रका नेता समेत रहेका हमालले जानकारी दिएका छन् । उनले पनि झन्डै आधा दर्जनजति सटरमा व्यापार गर्दै आउने मानिसहरुको एक महिनाको भाडा मिनाहा गरिदिएको जानकारी दिए ।
हमालले आफ्नो काठमाडौंको बाँसबारीस्थित घरमा भाडामा बस्ने परिवारको समेत एक महिनाको भाडा मिनाहा गरिदिएको जानकारी दिएका छन् ।
लक–डाउनले गर्दा सबै घर भित्रै बस्नु परेको र मानिसहरुलाई साँझ विहानको खानाको व्यवस्था गर्न समेत कठिन रहेको हुँदा भाडा मिनाहा गरेको उनीहरुले बताएका छन् । लक–डाउन अर्कौ महिनापनि लम्विए त्यो महिनाको समेत घर भाडा नलिने उनीहरुले फरककोणलाई बताएका छन् ।