शंकर केसी,
सल्यान, चैत्र २० ।कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लक–डाउनका कारण उत्पन्न प्रतिकुल अवस्थाबाट प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्ने कार्य शुरु भएको छ । विहिबार कपुरकोट गाउँपालिकाको वडा नम्बर २ मा १६ घरपरिवारलाई चामल, नुन, तेल लगाएतका सामग्री वितरण गरिएको अध्यक्ष भिमबहादुर सेनले जानकारी दिएका छन् ।
दैनिक रुपमा कामकाज गरेर दैनीक आम्दानी गर्ने तथा अपांगता, जेष्ठ नागरिक र असहाय वर्गका घरपरिवारलाई राहत वितरण कार्य शुरु गरिएको उनले बताए । कपुरकोट २ गर्पा स्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रति परिवार २५ किलो चामल, एक किलो दाल, नुन, एक लिटर तेल र एउटा साबुन वितरण गरिएको हो ।
वडा नम्बर ३ र ४ मा शुक्रबार राहात वितरण गरिने भएको छ । यसैबीच गाउँपालिकाको विपद् ब्यवस्थापन कोषमा १० लाख ८२ हजार रुपैयाँ राहत संकलन भएको छ ।
अवस्था हेरेर कोषवाट प्रत्येक वडामा राहात वितरण गरिने भएको छ ।