२०८१ माघ १३ गते आइतवार

राजपुरमा भाइले दाजुको हत्या गरे


तुलसीपुर,चैत २० । दाङको राजपुरमा एक भाइले लौरो प्रहार गरि सहोदर दाजुको हत्या गरेका छन् । राजपुर गाउँपालिका वडा नं. १ रसरीखोला निवासी २७ वर्षीय सहोदर भाइ जसराम कामीले लौरो प्रहार गर्दा गम्भीर घाइते भएका ३२ वर्षीय दाजु प्रेम कामीको उपचारका क्रममा मृत्यु भएको छ ।

बुधबार राति दाजु भाई बसेर संगै मदिरा सवेन गरेपछि करिब साढे ११ बजेतिर भाइ जयरामले दाजु प्रेममाथि लौरोले आक्रमण गरेका थिए ।घरायसी सामान्ने विवादका क्रममा भाइले दाजुमाथि लौरोले आक्रमण गरि गम्भीर घाइते तुल्याएका थिए । घाइते प्रेमलाई उपचारको लागि गएराति नै लमही अस्पतालमा उपचारका लागि ल्याएको थियो ।

प्रेमको उपचारको क्रममा विहीवार विहान सवा ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । लौरो प्रहार गिरि दाजुको हत्या गरेको अभियोग खेपेका भाइ जसराम फरार रहेका छन् । उनको खाजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *