तुलसीपुर, चैत २० । तुलसीपुर मेयर राहात कोषमा तुलसीपुर क्षेत्रका चारवटा यातायात प्रालिहरुले डेढ लाख बढी सहयोग गरेका छन् । कोरोना भाइरसको महामारीका कारण दश दिनदेखि जारी लक–डाउनको समयमा श्रम गरेर साँझ विहानको गर्जो टार्ने बर्गलाई सहयोग गर्न भन्दै यातायात प्रालिहरुले विहीवार उक्त सहयोग प्रदान गरेका हनु ।
चारवटा प्रालि मध्य सबैभन्दा धेरै त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले ५५ हजार ५ सय ५५ रुपैंया प्रदान गरेको छ । प्रालिका अध्यक्ष सुरेश हमालले उक्त रकम हस्तान्तरण गरेका हुन । अन्य थप चारवटा संस्था सबैले समान रुपमा २५ हजार ५ सय ५५ रुपैंया राहात कोषमा जम्मा गरेका छन् ।
दाङ टेक्टर तथा यातायात ढुवानी सेवा प्रालिको तर्फबाट अध्यक्ष चिन्तामणी आचार्य,अबिकेश्वरी सार्बजनिक राप्ती यातायात प्रालि अध्यक्ष ज्ञानबहादुर बस्नेत,साना मालबाहक यातायात ढुवानी सेवा प्रालिका अध्यक्ष भुवन भुसाल र तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले समान २५ हजार ५ सय ५५ रुपैंया राहात कोषलाई प्रदान गरेका हुन । कुल १ लाख ५७ हजार ७ सय ७५ रुपैंया सबै यातायात समितिका तर्फवाट एकमुष्ट रुपमा प्रदान गरिएको हो ।